सुजनको राजीनामापछि दीपक धामी बने अनेरास्ववियुको अध्यक्ष
नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा.सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष कायम राख्ने निर्णय पनि गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए ।
कडरियाले अध्यक्ष धामीलगायत नयाँ जिम्मेवारी पाएका नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १४:३६
प्रतिक्रिया दिनुहोस्

