NRN
नेपाली ममको बिश्व यात्रा : पुरा हुंदै अष्ट्रेलियाका होमको सपना

- राजन घिमिरे

शुरूमा असफल भैयो भनेर लत छाडेको भए आज होम प्यासीको सपना, योजना र उद्देश्यले सांच्चै मूर्त रूप पाउंदैनथ्यो होला ।

त्यसैले धेरैले होम प्यासीको संघर्ष , लगाब, धैर्यता र निरन्तरताबाट धेरै सिक्न सक्छन र उनको सफलता धेरैको लागि पाठ र शिक्षा हुन सक्छ ।

होम प्यासी अर्थात यतिबेला बिश्व बजारमा शानदार उपस्थिति जनाउंदै अगाडि बढेको नेपाली मम र स्वादको दरिलो ब्राण्ड बन्न सफल 8848 मम हाउसका संस्थापक । अष्ट्रेलियाको ब्रिसबेनबाट शुरू भएको 8848 मम हाउस आज पुरा अष्ट्रेलिया, न्यूज ल्याण्ड , युरोप,अमेरिका,यूएई र जापान लगाएतका मूलुकहरूमा पुगिसकेको छ र पुग्ने तयारीमा छ ।

8848 मम हाउसको परिकल्पना गर्नु अगाडि होमले अष्ट्रेलियाको ब्रिसबेनमा रेष्टुरेण्ट पनि सन्चालन गरेका थिए । सन २००९ मा इन्जिनियर पढ्न अष्ट्रेलिया हानिएका उनले अष्ट्रेलिया आएपछी हस्पिटालिटी पढे । यही पढाईले उनलाई हस्पिटालिटी क्षेत्रमा लाग्न प्रेरित गर्यो र त्यस अनुरूप रेष्टुरेन्टहरू पनि सन्चालन गरे । तर भने जस्तो भएन । उनि आर्थिक र मानसिक रूपमा थकित पनि भए, तर हार खाएनन् -‘ पहिला सादा पानामा मेन्यू बनाएं । मैले नयां भनाई अगाडि सारें ‘ भेराइटिज मम वन प्लेस ‘ । यसरी 8848 मम हाउसको परिकल्पना गरिएको थियो -‘ होम बिगततिर फर्किए ।

-‘ मलाई शुरूको असफलताले धेरै कुरा सिकायो । म पहिला असफल नभएको भए आज यो स्थानमा आउंन्नथे होला । धैर्यता, सहनशीलता र आफ्नो उद्देश्यप्रति कटिबद्ध हुनु पर्छ भन्ने कुरा मैले जिबनमा सिकेको शिक्षा हो -‘ होम भन्छन ।

अष्ट्रेलियाको ब्रिसबेनमा 8848 मम हाउसको मुख्य फ्याक्ट्री छ भने एक दिनमा यो फ्याक्ट्रीबाट दुई लाख मम उत्पादन हुने गर्छ । अष्ट्रेलियाको ४० भन्दा बढी स्थानबाट 8848 मम हाउसले सेवा दिइरहेको छ भने अष्ट्रेलिया, न्यूज ल्याण्ड , पप्पु न्यूगिनिया,युरोप,अमेरिका,यूएई र जापान पुगिसकेको छ भने अब 8848 मम हाउसले अब भारत र नेपालमा पनि आफ्नो उपस्थिति जनाउने भएको छ ।

कुनै समय अष्ट्रेलियामा मम र नेपाली स्वाद खान पाउंनु सपना थियो । ममले ब्याबसायिक रूप लिन नसकिरहेको अबस्थामा होम प्यासीले पुरा अष्ट्रेलिया नेपाली ममलाई नेपाली माँझ मात्र होइन कि बिदेशीहरू माॉझ पनि लोकप्रिय बनाएका छन । यतिबेला होम कसैलाई अभिबादन गर्दा नमस्ते होइन मोमोस्ते भनेर सम्बोधन गर्ने गर्छन । अहिले अष्ट्रेलियामा यो ममको असी प्रतिशत भन्दा बढा ग्राहक बिदेशीहरू छन -‘ शुरूमा बिदेशीहरूले नयां चिज भनेर बिस्तारै यसको स्वाद लिए , तर पछि बानी परेपछि उनिहरूले आफ्ना साथीहरूलाई पनि खुवाउन थालेपछि ममले बिस्तार हुने अबसर पायो -‘ होमले भने ।

मम नेपाली ब्राण्ड हो भन्ने कुरालाई 8848 मम हाउसले स्थापित गरेकामा होम निकै खुशी र दंग छन । बिश्वभरी नेपाली ब्राण्ड खोल्ने र नेपाली स्वादलाई स्थापित गर्ने आफ्नो सपना क्रमश पुरा हुंदै गएकोमा प्रसन्नता ब्यक्त गरेका होम भन्छन -‘ मेरो यो सपनामा सबै नेपालीहरूको साथ र हौशला छ -‘ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update