- राजन घिमिरे
बिगत तिन दशकदेखी अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका सफल ब्यवसायी एवम समाजसेबी तथा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङद्वारा लिखित पुस्तक नेपाल र बिश्वभरका गुरुङ समुदायको उत्थान : “A Blueprint of Success (सफलताको उपाय)” बजारमा आएको छ।

एक बिशेष समारोहबीच बिमोचन गरिएको यो पुस्तकको बिमोचन समारोहको प्रमुख अतिथि अष्ट्रोलियाको लागि नेपाली राजदूत चित्रलेखा यादव,बिशेष अतिथि न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जीव शर्मा नेपालबाट आउनु भएका अतिथि बर्डलाइफ इन्टरनेशनल (एशिया) का वरिष्ठ एशियाली साझेदारी प्रबन्धक डा. हुम बहादुर गुरुङले सयुक्त रुपमा पुस्तकको औपचारिक लोकार्पण गर्दै लेखक नन्द गुरुङप्रति हार्दिक बधाई दिनु भएको थियो ।
प्रमुख अतिथि राजदूत यादवले विदेशी भूमिमा बसेर पनि नेपाली समाज र युवापुस्तालाई प्रेरित गर्ने यस्ता कृतिहरू हामी नेपालीहरुको गौरव भएको बताउदै यो पुस्तक लेखन गुरुङको नेपाल प्रतिको माया रहेको बताउंनु भयो ।
त्यस्तै विशेष अतिथिका रूपमा न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जीव शर्माले अष्ट्रेलियाको ब्यस्त समयमा पनि लेखन कार्य गरेकोमा गुरुङलाई धन्यवाद तथा बधाई दिनु भयो । शर्माले प्रवासी नेपालीहरूलाई यस्ता सृजनात्मक कामहरूमा सक्रिय सहभागिता जनाउन र आफ्नो अनुभव पुस्तकको माध्यमबाट लेखी भावी पुस्ताका लागि मार्गदर्शन गर्न थप प्रेरणा दिने बताउंनु भयो ।
बर्डलाइफ इन्टरनेशनल (एशिया) का वरिष्ठ एशियाली साझेदारी प्रबन्धक डा. हुम बहादुर गुरुङले पुस्तकको विषयवस्तुले प्रकृति, समुदाय र आत्मविकासबीचको सम्बन्ध उजागर गरेको बताउँदै लेखकलाई आगामी लेखन यात्रामा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अन्य अतिथिहरूमा तमु समाज अस्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, अष्ट्रेलियाका पुराना अभिभावक तथा समाजसेवी इन्द्र वन नारायण प्रधान, एन्जा सल्लाहकार तथा आईसिसी पूर्व सदस्य डिल्ली ढकाल सामाजिक अभियन्ता डा. घनश्याम चापागाईं विष्णु हमाल, अष्ट्रेलियन नेपलिज जर्नलिस्ट एसोसियसनका ( एन्जा ) अध्यक्ष कृष्ण तिवारी थारु समाज अष्ट्रेलियाका अध्यक्ष दीप नारायण चौधरी नेपाली कला सस्कृति प्रतिस्ठानकी सस्थापक अध्यक्ष सुजता बस्नेत जन सम्पर्क समिती अष्ट्रेलियका अध्यक्ष सुरेश गुरुङ साउथ वेष्ट नेपलिज कम्युनिटीका अध्यक्ष चतुर्भुज खरेल महासचिब प्रकाश पौडेल साहित्यकार तथा लेखिका ममता तिवारी लगायतले आ-आफ्ना मन्तव्यहरू राख्दै लेखक नन्द गुरुङको पुस्तकले प्रवासी नेपालीहरूमा आत्मबल, नेतृत्व क्षमता र सफलता प्राप्तिका लागि प्रेरणा प्रदान गर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लेखक नन्द गुरुङले सबै अतिथिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो लेखन प्रेरणाबारे अगाडि भने - यो पुस्तक मेरो जीवनका संघर्ष, सिकाइ आत्मअनुभवहरूको प्रतिबिम्ब हो। तपाईंहरू सबैको माया, समर्थन र सुझाव नै आफ्नो लेखन यात्राको प्रेरणा भएको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित अतिथिहरू, समुदायका अगुवाहरू, पत्रकार, साहित्यप्रेमी तथा नेपाली समाजका विविध व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

