NRN

- राजन घिमिरे

‘ भर नहुने मायालाई टाटा बाई बाई….’ यतिबेला चर्चामा छ चलचित्र पि आरको यो गीत । अष्ट्रेलियामा राम्रै नाम र दाम हात पार्न सफल यो चलचित्रको यो गीतमा महिला आबाज हो प्रिती घिमिरेको । यो गीतको चर्चा र लोकप्रियतासंगै प्रितीको सांगितीक यात्रा पनि बलियो भएर अगाडि बढ्ने देखिन्छ ।

अष्ट्रेलियाको प्रबासी जिबनमा पनि प्रिती घिमिरेले गीत - संगीत बिधालाई छोड्न सकेकी छैनन् । नेपालदेखी नै नेपाली गीत संगीतसंग नजिक भएर लागि परेकी उनले गीत - संगीत बिधामा लागेको दश बर्षपछि अन्तत: नेपाली सिनेमामा गीत गाउने अबसर हात पारेकी छन् ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र पि आरमा प्रितीले गाएको टाटा बाई बाईले यतिबेला नेपाली चलचित्रको गीत संगीतको बजार पिटेको छ । चलचित्रमा यो गीतमा बरिष्ट कलाकार निर शाह र गौरी मल्लले अभिनय रहेको छ ।

अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शन भएर सबैको वाहवाही कमाएको चलचित्र पि आर अब मंसीर २६ गतेदेखी नेपाल लगायत अन्य देशहरूमा पनि प्रदर्शनमा आउंने भएको छ ।

आफूले गाएको गीतले चर्चा र प्रशंसा बटुलेपछि गायिका घिमिरे यतिबेला दंग छिन् -‘ यो क्षेत्रमा लागेको दश बर्ष पुगेपछी मैले शोभित बस्नेत जस्ता चर्चित निर्देशकको चलचित्रमा गीत गाउंने अबसर पाएको छु । उहांको यो साथ र अबसर मेरो लागि प्रेरणा भएको छ-‘ उनले भनिन् ।

प्रिती यतिबेला अष्ट्रेलियामा हुने बिभिन्न सांगीतिक कार्यक्रमहरूमा धेरै खोजिने गायिकाको रूपमा स्थापित छिन् । अष्ट्रेलियामा हुने बिभिन्न सांगीतिक कार्यक्रमहरूमा प्रितीको धमाकेदार प्रस्तुतिहरूबाट स्थानिय दर्शक - श्रोताहरू सांच्चै प्रभावित भएको पाईएको छ ।

प्रितीले शम्भुजित बांसकोटा, रामकृष्ण ढकाल, आनन्द कार्की र शिब परियार लगायतका हिट गायकहरूसंग स्टेज शेर गरिसकेकी छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update