NRN
राष्ट्रपति कार्यालय तोडफोड र लुटपाट आरोपमा ३ जना पक्राउ

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा छन् ।

भदौ २४ को जेनजी आन्दोलनका क्रममा शीतल निवासमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

प्रहरीका अनुसार उनीहरूविरुद्ध चोरी र आपराधिक उपद्रवको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरूले जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालय तोडफोड र आगजनी गर्नुका साथै त्यहाँबाट सरसामान चोरी गरेको आरोप छ ।

उनीहरुको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update