काठमाडौं, HEADS Nepal (स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज) को ३३औं वार्षिक साधारण सभा काठमाण्डौ बनस्थली चोक स्थित सामाजिक विकास संघ को भवनमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिलिप देवकोटाको अध्यक्षता रहेको सो सभाको प्रमुख अतिथिमा माननीय गणेश पराजुली र विशेष अतिथिमा पूर्व मन्त्री तथा संस्थाका आजीवन सदस्य वाचस्पति देवकोटा साथै नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर तथा संस्थाका आजीवन सदस्य दीपेन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो ।
मन्तव्य दिने क्रममा उहाँहरुले यस परोपकारी संस्थाले गर्दै आएका कामहरुको प्रसंशा गर्दै अझै सशक्त रूपमा अगाडि बढ्न संस्थालाई प्रेरणा र हौसला प्रदान गर्नुभएको थियो । त्यसैगरी संस्थाका संरक्षक तथा परामर्श समितिका संयोजक कृष्ण भण्डारी, निवर्तमान अध्यक्ष ईश्वरचन्द्र बानियाँले संस्थाको बारेमा जानकारी दिनुभएको थियो ।
संस्थाका अध्यक्ष दिलिप देवकोटाले आफ्नो कार्यकालमा भई रहेका गतिविधिहरूलाई जोड दिदैँ आगामी दिनमा संस्थालाई अझै उचाइमा पुर्याउनका लागि अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष दिव्यराज पौडेलले दिनुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव हिमा ढकालले गर्नु भएको थियो । कार्यक्रम निकै भव्य र सभ्य बनेको थियो ।


