NRN
अपेनद्वारा बाढीपीडितका लागि राहत योगदान प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण

Association of Preschool Educator's in Nepal(APEN) ले नेपालभरिका विभिन्न पूर्वप्राथमिक विद्यालयहरूबाट रु. ११,११,१११.00 (अक्षरेपी - एघार लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) संकलन गरी भदौ १० गते रसुवामा आएको बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि योगदान गरेको छ।
आज असोज १३ गते, अपेनले संकलित रकम माननीय शिक्षा मन्त्री सस्मित पोखरेलज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

यस पहलले प्राकृतिक विपत्तिबाट प्रभावित समुदायप्रति अपेनको सामाजिक उत्तरदायित्व, मानवीय भावना तथा ऐक्यबद्धतालाई प्रतिबिम्बित गर्दछ।

अपेन यस राहत अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण पूर्वप्राथमिक विद्यालयहरू, शिक्षक–शिक्षिका तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update