NRN
सिड्नीमा गुन्जने भए एम बराल

- राजन घिमिरे

चर्चित गायक एम बराल सिड्नीमा गुन्जने भएका छन् । एम बराल लाईभ इन सिड्नी नाम राखिएको यो सांगीतिक सांझलाई पाल्पा इन्टरटेनमेन्टले प्रस्तुत गरेको हो ।

कार्यक्रमको टाइटल स्पन्सरमा ए टु जेट क्लिनिंग सप्लायर्स क्लिनिंग एण्ड हस्पिटालिटी रहेको छ । कार्यक्रम नोभेम्बर २२ तारेख शनिबार सिड्नीको अर्बन पारामाटा रोडमा रहेको ग्राण्ड प्यालेसमा आयोजना हुने जानकारी दिइएको छ ।

कार्यक्रममा चर्चित निर्देशक शोभित बस्नेत, महेन्द्र बिक, रबिन भूपाल र निशा तामांग लगायतका कलाकर्मीहरूको बिभिन्न प्रस्तुतिहरू रहने छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update