रुपन्देही जिल्ला प्रशासन कार्यालयले दियो जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता

रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कफ्र्यु आदेशलाई निरन्तरता दिएको छ ।
प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेले आज जारी भएको कफ्र्यु आदेशमा जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दङ्गा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी यही भदौ २४ गते बेलुका ८ः३० बजेदेखि जारी भएको कफ्र्यु आदेशलाई आज बिहान ९ः०० बजेदेखि पुनः लागू गरिएको जनाइएको छ ।
यसअघि आज बिहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म कफ्र्यु आदेश खुला गरिएको थियो ।
प्रशासनले कफ्र्यु आदेश जारी गरेपछि जिल्लामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कायम गर्न थप परिचालन भएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२ ११:००
प्रतिक्रिया दिनुहोस्