भारतीय प्रधानन्यायाधीश गवई आज नेपाल आउँदै

भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउने भएका छन् ।
‘नेपाल इन्डिया जुडिसियल डायलग’ को दुई दिनको कार्यक्रममा सहभागी हुन गवई नेपाल आउन लागेका हुन् ।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।
प्रधानन्यायधीश भएपछि पहिलोपटक प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल आउन लागेका हुन् ।
कार्यक्रम शुक्रबार र शनिबार हुनेछ । यससँगै पशुपतिनाथ, पाटन र लुम्बिनी भ्रमण गर्ने पनि उनको तालिका छ ।उक्त कार्यक्रम सकेर भारतीय प्रधानन्यायाधीश गवई फर्किने तालिका छ ।
गवई भारतका ५२ औं प्रधान न्यायाधीश हुन् । उनले २०२५ मे १४ मा कार्यभार सम्हालेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १२:३१
प्रतिक्रिया दिनुहोस्