NRN
अस्ट्रेलियामा पोखरा  चिनाउदै - नवीन घायल

- राजन घिमिरे

आठ बर्ष पहिला अस्ट्रेलिया आइपुगेका पोखराका एक उत्साही कलाकार हुन नवीन घायल। त्यसो त उनले पोखरामा लामो समय पत्रकारिता पनि नगरेका भने होइनन् । २०६० सालमा स्थापना भएको चलचित्र पत्रकार संघ कास्की शाखाको उपाध्यक्ष समेत भएका कलाकार घायलले तीसवटा भन्दा बढि म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्। राष्ट्रिय नाटक महोत्सब २०५७ मा मञ्चन भएको नाटक "अंगना" बाट आफ्नो कलाकारिता शुरू गरेका घायलले २०६५ मा आफ्नै लेखन र निर्माणमा चलचित्र नारिको बेदना पनि बनाएका थिए। नेपाली बिषयमा एम. ए. गरेका घायलले नारिको बेदना, मार्केट , अनिकाल, माहाकाल, सहानुभूति लगायतका चलचित्रको स्क्रिप्ट समेत लेखिसकेका छन्।

हालसम्म उनले १६ भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो पटक उनले अस्ट्रेलिया मा बनेको चलचित्र" पि आर" मा मा समेत अभिनय गरेर आफ्नो उत्कृष्ट अभिनय क्षमता देखाईसेका छन्। चलचित्र पि आर यतिबेला अस्ट्रेलियाको विभिन्न शहरूमा प्रर्दशन भईरहेको छ। चलचित्र प्रर्दशनको सिलसिलामा उनी यहि सेप्टेम्बर दुई र तिन तारिखमा मेलबर्नमा हुन लागेको प्रिमियरमा जाने तयारिमा छन्। उनी भन्छन् " - कलाकारिता मेरो नशा नशामा बगिरहेको रगत जस्तै हो -‘’ । हाल अस्ट्रेलियाको सिड्नी स्थित कालटर्नमा बसोबास गर्दै आएका घायलले ब्यवसायिक रूपमा भने पोखरा डाईभिङ स्कुल संचालनमा ल्याएका छन् ।

डाईभिङ स्कुल मार्फत उनले बिदेशी र नेपाली गरेर हालसम्म चार सय भन्दा बढिको डाईभिङ लाईसेन्स निकाल्न मद्वत पुर्याई सकेका छन्। भन्छन् - ‘ पोखरा डाईभिङ नाम राखेर मैले ब्यवसाय प्रबर्दन गर्न खासै मिहिनेत गर्नु परेन । " पोखरा नाम नै काफी छ गाडि सिक्न चाहनेहरूलाई नेपाली डाईभिङ स्कुल भनेर चिनाउनै नपर्ने -‘ । मख्ख हुँदै उनले अगाडि भने-" मेरा नब्बे प्रतिशत बिद्यार्थी नेपाली नै छन्। " एकपटक उनले गाडि सिकाउने क्रममा बाटोको रेड लाईटमा रोकिरहेका रहेछन्। त्यतिबेला अर्को पट्टी गाडिमा सबार रेड लाईटमा रोक्ने ब्यक्ति ले -‘ आर यु फ्रम पोखरा -‘ भनेछ । जबाफमा घायलले हो म पोखराको हो भनेपछि आई लाईक पोखरा भन्दै स्माछापुच्छ्रे हिमाल सारै मन परेको बताएछन ।

यसको मतलब ती बिदेशी केही बर्ष पहिला पोखरा घुम्न गएका रहेछन र पोखरासंग नजिकिएका रहेछन । गाडि सिकाउने क्रममा बाटोमा धेरैले नबिनलाई पोखराको बारेमा सोध्ने गरेका पनि छन ।। सेतो रंगको टोयटा कोरोला गाडिको माथिपट्टी पोखरा लेखेको बोर्ड राखेर गाडि सिकाई रहंदा भिडभाड भएको समयमा " हाय पोखरा " भन्दै हर्न बजाउदै जानेहरू को पनि कमि नभएको उनले बताए। पैदलयात्रीले समेत जेब्रा क्रस बाट बाटो काट्दै गर्दा -लौ हेर ! पोखराको गाडि आयो भन्दै बोल्दै हिडेको दृश्यले मन नै आनन्द आउंने कुरा उनले बताए ।

भन्नैपर्दा नवीनले पोखराको नाम राखेर डाईभिङ स्कुल चलाउदै गर्दा अप्रत्यक्ष रूपमा पोखरालाई बिदेशी भुमिमा चिनाउने काम गरेको प्रस्ट हुन्छ। बाटोमा गाडि सिकाउदै हिड्ने काम भएकोले गर्दा उनी सिड्नीको एक छेउदेखि अर्का छेउसम्म पुगिरहेका हुन्छन् । ब्यवसाय संचालन गर्न उनले अरू नाम पनि राख्न सक्थे तर पोखरा नै नाम राखेर उनले ब्यसाय संचालन गरिरहदाँ आउँदा दिनमा पोखरा भ्रमण बर्षको अभियानमा साथ दिनलाई उनको कदमले पनि प्रभावकारी भुमिका खेल्ने कुरामा दूईमत नहोला ।

कर्मभूमिका आफ्नो जन्मभूमि चिनाउंन तल्लिन र अभिनयको प्यासनलाई पनि निरन्तरता दिंदै अगाडि बढेका घायलको आगामी दिन झनै सफलताका साथ बिस्तार होस,हाम्रो शुभकामना…॥

 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update