NRN
नेपालीले बनाए ‘ ऋ प्रो ‘ नामक सामाजिक सन्जाल एप्स

-राजन घिमिरे

अष्ट्रेलिया र नेपालका उत्साही यूबाहरू मिलेर नेपाली नाम राखेर सामाजिक सन्जाल चलाउंन मिल्ने एप्स तयार पारेका छन। यो एप्सको नाम ऋ प्रो राखिएको छ । ६ महिनाको अथक प्रयास पछि ऋ प्रो तयार भएको हो भने यति बेला यो एप्स सन्चालना आइसकेको छ र छोटो समयमा नै यो एप्स धेरै डाउन लोड पनि भैसकेको छ ।

यो एप्सलाई अष्ट्रेलियाको सिड्नीबाट अशोक देउजाका साथै नेपालबाट प्रकाश थापा मगर,अभिषेक श्रेष्ठ, जा तुलाधर र सकिर खानले तयार पारेका हुन-‘ यो सामाजिक सन्जाल हो । जसमा मनोरन्जन तथा बिबिध भिडियो, अडियो , च्याट,भल्ग, ब्लग आदि इत्यादी राख्न र पोष्ट गर्न मिल्छ -‘ सिड्नीमा रहेका यो सामाजिक सन्जालका जन्म दाता मध्ये एक जन्मदाता अशोक देउजाले जानकारी दिए।

उनका अनुसार ऋ प्रो मा कामदार खोज्नेले आबश्यकता र काम चाहिेएकोले आफ्नो कुरा पनि पोष्ट गर्न सकिने ब्यबस्था गरिएको छ । यसअघि पनि सगुन नामक यस्तै सामाजिक सन्जालको निर्माण गरिएको थियो । नेपाली सोच, क्षमता र दक्षतामा बनेको सगुन पहिलो हो भने ऋ प्रो दोस्रो हो । ऋ प्रो लाई बिश्वको १७५ वटा देशहरूबाट डाउन लोड गर्ने सकिने छ।

यो एप्स एन्ड्रोइट र एप्पल लगाएतका मोबाईलहरूमा सहजै डाउन लोड गर्न सकिने छ । पहिलो महिनामा नै ५ हजार भन्दा बढी डाउन लोड भैसकेको यो एप्स मार्फत यी जुझारू यूबाहरूले नेपाली शब्द ऋ लाई पनि बिश्व माँझ पुर्याई रहेका छन । नेपाली सोच, सिप , दिमाग र लगानीमा तयार भएको यो ऋ प्रो सामाजिक सन्जाल प्रयोग गरेर यूबाहरूको सिप र ज्ञानलाई प्रोत्साहित गर्नु पर्ने धारणा र बिचार यतिबेला सर्बत्र सुनिन थालिएको छ ।

त्यसो त, नेपाली यूबाहरूको यस्तो सोचले भोली सफलता पाउंनु र बिश्वमांझ बलियो उपस्थिति जनाउंन सक्नु नेपाल र नेपालीको लागि गौरबको बिषय होइन र ?

 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update