NRN
यस्तो रह्यो सिड्नीमा चलचित्र पिआरको रेड कार्पेट प्रिमियर

- राजन घिमिरे

अष्ट्रेलियाको सिड्नीमा शनिबार फिल्म पि आर को रेड कार्पेट प्रिमियर गरिएको छ । यो फिल्मको सिड्नीको हर्सभिलमा रहेको इभेन्ट र भि म्याक्स हलमा रेड कार्पेट प्रिमियर गरिएको हो । एक साथ चारवटा हलमा रेड कार्पेट प्रिमियर गरिएको यो फिल्मको आइतबार सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा थप प्रिमियर गरिने कार्यक्रम तय भएको छ ।

यही फिल्मको प्रदर्शनका लागि हाल अष्ट्रेलियाको सिड्नी आइपुगेका निर्देशक शोभित बस्नेतले रेड कार्पेट प्रिमियर पछि भने -‘ सिड्नीमा रहनु हुने दर्शकहरूले यो फिल्म मन पराउनु भएको छ । हामी निकै उत्साहीत भएका छौ ।यति धेरै माया देखाउंनु भएका कारण हामी अन्य बिशेष शोहरू पनि गर्ने योजनामा छौं -‘ ।

अष्ट्रेलियामा नै छायांकन गरिएको र अष्ट्रेलियाकै कलाकारहरूको अभिनय रहेको कारण पनि यो फिल्मको चर्चा यतिबेला अष्ट्रेलियामा राम्रो छ । फिल्ममा अष्ट्रेलियामा पि आर पाउंन नेपाली बिध्यार्थीहरूले गरेको त्याग, दुख र पिडालाई प्रस्तुत गरिएको छ ।

फिल्मका निर्माता रञ्जित शाहले फिल्मले अष्ट्रेलियामा संघर्षरत यूबा यूबतीको दुख र संघर्षको कथा बोलेको पक्षलाई दर्शकहरुले मन पराएको जानकारी दिए -‘ अस्ट्रेलिया आउन चाहने विद्यार्थीले एकपटक यहाँको यथास्थिति र वास्तविकता बुझ्न भए पनि चलचित्र पीआर हेर्दा राम्रो हुन्छ सम्म हामी भन्न सक्छौ -‘ रन्जित भन्छन्-‘ चलचित्र पीआर अस्ट्रेलियामा रहेको नेपाली समाजको चित्रण हो-‘ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update