NRN
एक्सपर्टको ब्याबसायिक र मित्रताको २२ बर्ष

- राजन घिमिरे

ब्याबसायिक यात्राको २२ बर्ष । कम चुनौतीपूर्ण होइन र थिएन पनि । यो यात्रामा धेरै उतार चढाबहरु आए । उकाली- ओरालीहरू र घुम्तीहरू पनि पार गर्नु पर्यो । तर सन्जिबकुमार शर्मा र बद्री अर्यालको जोडी डगमगाएन । बरू कस्सिएर र झनै बलियो भएर अगाडि बढ्यो यो जोडी । यही जोडीले मन, मुटु र अस्तित्व मानेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस २२ बर्ष पुगेको छ ।

सन्जिब र बद्रीबीचको यो ब्याबसायिक, कर्म र मित्रताको जोडी अनि सफलता धेरैको लागि उदाहरण बन्न सक्छ…॥ अष्ट्रेलियाको नेपाली समाजलाई संस्थागत होस या ब्यक्तिगत नै किन नहोस । यो जोडीले दिएको साथ र हात कम चर्चा गर्न लायकको छैन ।

त्यसैले त आज हजारौ बिध्यार्थीहरूको बिश्वास जित्दै अगाडि बढेको एक्सपर्ट अनि सन्जिब र बद्रीको जोडी सांच्चै उदाहरण हो । २२ औ बर्षे यात्रा सफलताको लागि बधाई आगामी यात्राको हार्दिक शुभकामना।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update