NRN
अष्ट्रेलियामा दिदी बहिनी तीज हुने

- राजन घिमिरे

चाडबाड नजिकदै गर्दा अष्ट्रेलियामा नेपाली कलाकारहरूको सांगीतिक कार्यक्रमहरूको आयोजनाले पनि ब्यापकता पाउंन थालेको छ । यसै बीच लामो समयदेखी बिभिन्न सांगीतिक कार्यक्रमहरूको सफल आयोजना गर्दै आएको दिदी बहिनी इभेन्टसले अष्ट्रेलियामा दिदी बहिनी तीज नामक सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आयोजक एबं गायिका बिन्दु पौडेलका अनुसार दिदी बहिनी तीज अष्ट्रेलिया टुर कार्यक्रमको अष्ट्रेलिया भरि ३५ भन्दा बढी शो हुने भएको छ - ‘ यस पटक यो कार्यक्रम निकै भब्य र सभ्य गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौ । कलाकारहरू पनि एक से एक हुंदा कार्यक्रममा पनि दर्शकहरूको सहभागिता भब्य हुने बिश्वास हामीले लिएका छौ -‘ सिड्नीको कार्यक्रमको प्रमुख प्रायोजक फिन कनेक्स फाईनान्सियलका बिष्णु प्रसाद अर्यालले भने ।

अष्ट्रेलियाका बिभिन्न शहरहरूसंगै कार्यक्रमको बिशेष प्रस्तुति भने अगष्ट १६ तारेखका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा आयोजना हुने जानकारी बिन्दु पौडेलले दिएकी छन । यो कार्यक्रममा सहभागि हुन रामजी खाण,शान्ता रानी परियार ,सम्झना भण्डारी ,सम्झना लामिछाने मगर ,श्याम राना ,लक्ष्मी मल्ल,श्रीकृष्ण बम मल्ल,पार्बती जिसी र चोलेन्द्र पौडेलको जम्बो टोली नेपालबाट अष्ट्रेलिया आउंने भएको छ ।

यी सबै कलाकारहरूको एक साथ भिषा लगाउंन इडियू कनेक्स कन्सल्टेन्सी एण्ड माइग्रेसन सफल भएको छ । सस्थाले यो सफलतालाई आफ्नो सस्थामाथि कलाकार र अष्ट्रेलियन सरकारले गरेको बिश्वासको रूपमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update