NRN
त्यस कारण चन्डिका ओलीले दिईन् एनआरएनए एनएसडब्ल्यूको उप-संयोजक पदका उम्मेदवारी

- राजन घिमिरे सिड्नी, अष्ट्रेलिया

महिला अधिकार अनि शसक्तिकरण । महिलाहरूको गर्बिलो उपस्थिति अनि हक र अधिकारका कुरा । यी र यस्तै आबाजलाई आत्मसात गर्दै र महिलाहरूको पक्षमा सामूहिक रूपले अगाडि बढ्ने उद्देश्य सहित अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल (२०२५–२७) का लागि चन्डिका ओली ओडारीले उप-संयोजक पदमा उम्मेदवारी दिएकी छन्। सन २००८ मा अष्ट्रेलिया आएकी चन्डिकाले अष्ट्रेलियाको नेपाली समाज र समुदायको हक र हितको पक्षमा लामो यात्रा तय गरेकी छन ।

नेतृत्व लिन सक्ने आंट, साहस र त्यो नेतृत्वलाई नेपाली समाज र समुदायको पक्षमा लगाउंन सक्ने गजबको क्षमता र दक्षता उनमा छ । उनी भन्छिन -‘ म नेपाली समुदायलाई सेवामुखी नेतृत्व दिने, नेपाली भाषा-संस्कृति संरक्षण गर्ने, समुदायलाई मानसिक स्वास्थ्य र सामाजिक सेवासँग जोड्ने, साथै महिला र युवाहरूका लागि अवसर सिर्जना गर्ने उद्देश्य र बाटोबाट कहिले पनि बिचलित हुने छैन ।

म मेरा बाचा र उद्देश्यबाट बिचलित भएं भने भोली यो समाजमा कसरी मुख देखाएर हिड्ने -‘? उनले प्रतिप्रश्न गरिन -‘ मलाई यतिबेला तपाईहरूको साथ, मत र हात चाहिएको छ । अबसर दिनुहोस म तपाईहरूको मत, मन र सोचलाई मर्न दिने छैन -‘ उनको दाबी छ ।

परिवर्तन , नयां जोश , उमंग र उत्साहका साथ टिम एकतासंग यात्रा गर्दै चुनाबमा होमिएकी चन्डिका ओली र उनको यो समूह टिम एकता यतिबेला सबैको चासो बनेको छ -‘ आउनुस , हामी सबै मिलेर प्रबासको नेपाली समाज र समुदायलाई जोडेर हात र साथ दिंदै कांधमा कांध मिलाउंदै अगाडि बढौं -‘ चन्डिका सबैलाई आग्रह गर्छिन ।

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update