
- राजन घिमिरे
उनि ढाट्न र गफ दिन सक्दिनन् । जे हो त्यही बोल्छिन र गर्छिन पनि । उनी अर्थात गीता दाहाल , NRNA NSW को नारी निकुञ्ज (SNN) सदस्य पदको उम्मेदवार । ओखलढुंगा जस्तो बिकट क्षेत्रमा जन्मिएर काठमाण्डौंमा शिक्षा प्राप्त गरेपछि अष्ट्रेलिया हानिएकी गीतासंग जिबनको संघर्ष र पिडाको कथा लामो छ । उनी अष्ट्रेलिया आएको पनि १२ बर्ष बितिसकेको छ । यो यात्रामा उनले अष्ट्रेलियाको नेपाली समाजमा पुर्याएको योगदान र नेपाली समाजप्रति पुरा गरेको दायित्वलाई अष्ट्रोलियाको नेपाली समाजले भूलेको छैन -‘ सस्थामा रहुं या नरहुं म सधै नेपाल र नेपालीप्रति दत चित्त भएर लागि रहने छु -‘ गीतको प्रतिबद्धता छ । उनी नेपालबाटै पि आर लिएर अष्ट्रेलिया आएकी हुन ।४ बर्ष डार्विन र १ बर्ष एडिलेट बसेपछी उनि सिड्नी आएकी थिईन । गीता बिगत ७ बर्षदेखी सिड्नीमा बस्दै आइरहेकी छन ।
नेपालमा उनको परिबार राजनैतिक पृष्ठभूमिकै हो । अबस्था यस्तो रहेता पनि उनले नेपालदेखी नै सामाजिक कर्मलाई अगाडि बढाई रहिन । त्यो मनकारी मन र अबस्थाबाट हुर्केर अगाडि बढेकी गितालाई आज त्यै कर्मले अष्ट्रेलियामा स- सम्मान जिउने अबस्था सिर्जना गरेको छ । उनि अहिले अष्ट्रेलियामा नेपाली भाषा र संस्कृतिको अध्यन गराउंने वा शिक्षा दिने शब्दमाला स्कूलसंग आबद्द छिन । यो स्कूलको ७ वटा शाखाहरू रहेका छन -‘ अष्ट्रेलियामा जन्मिएका दोस्रो पुस्तालाई नेपाली भाषा र संस्कृतिको बारेमा पढाउंन पाएकोमा मन नै आनन्द भएर आउछ । एकातिर प्रबासमा नेपाली भाषाको जगेर्ना गर्न पाएको छु भने अर्को तर्फ दोस्रो पुस्तासंग नजिक हुने अबसर पाएको छु -‘ उनी खुशी ब्यक्त गर्छिन ।
धैर्यता, आत्मविश्वास र लगनशीलता नै जीवन र सम्पत्ति ठान्ने गीतले महिला हिंसामा परेका नेपाली चेलीहरूका लागि गरेको प्रशंसा गर्न योग्य कार्यको जति प्रशंसा गरे पनि कमै हुन्छ । सर्पको खुट्टा सर्पले देख्छ भने जस्तो उनी आफू पनि घरेलू हिंसा र पिडाबाट अगाडि बढेकी नारी हुन । हिंसा र पिडामा जिउन कति गाह्रो हुन्छ ? यो सत्यतालाई उनले नजिकबाट देखेकी र भोगेकी छन -‘ अष्ट्रेलियाको नेपाली समाजमा नारी हिंसा निकै डरलाग्दो अबस्थामा छ ।
हामीले सामाजिक अभियानको रूपमा यो हिंसाको पाटोलाई उखलेर फ्यांक्न सक्नु पर्छ र , सबै मिलेमा फ्याक्न सक्छौं पनि -‘ गीताको प्रतिबद्धता छ । यी र यस्ता अनेकन नेपाली समाजको समस्यालाई संस्थागत रूपमा निर्मूल पार्न पनि आफ्नो उम्मेदवारी रहेको जानाकरी उनले दिएकी छन । गीता भन्छिन -‘ मैले आफूलाई नारी सशक्तिकरणको पक्षमा दृढ आवाजका साथ NRNA NSW को नारी निकुञ्ज (SNN) सदस्य बन्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेकी छु -‘ उनी थप्छिन -‘ म नारी निकुञ्जमार्फत आफ्नो अनुभव र प्रतिबद्धतालाई समाज सेवामा रूपानतरण गरेर अगाडि बढ्ने छु -‘ ।