NRN
राजेश केसीले दिए एनआरएनए अष्ट्रेलियाको आइ सि सी सदस्य ( I C C ) पदमा उम्मेदवारी

- राजन घिमिरे ( सिड्नी ) अष्ट्रेलिया,

सिड्नी निवासी राजेश केसीले एनआरएनए अष्ट्रेलियाको आइ सि सी सदस्य ( I C C ) पदमा उम्मेदवारी दिने सार्बजनिक घोषणा गरेका छन । अष्ट्रेलियाको नेपाली समाज र समुदायबीचमा रहेर लामो यात्रा पार गरेका र सामाजिक अभियन्ताको रूपमा क्रियाशील राजेश केसी यहांको नेपाली समाजमा स्थापित नाम हो । नेपाली समाज र समुदायमा केही गाह्रो साह्रो पर्दा साथ र हात दिन अगाडि बढ्ने केसीको यो उम्मेदवारीलाई प्रायशको समर्थन मिलेको पाईएको छ ।

केसी भन्छन -‘ अग्रज र समकालीनहरूले दिनु भएको उत्साह अनि उहांहरूकै साथ मिल्ने भएपछि मैले उम्मेदवारी दिने निर्णय गरेको हुं -‘ । मन, बचन र कर्मले अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूलाई साथ दिंदै अगाडि बढेका राजेश केसीलाई सज्जन र भलादमी ब्यक्तिको रूपमा पनि हेर्ने गरिएको छ । नेपाली समाज र समुदाय माँझ रहेर अष्ट्रेलियाको यात्रामा धेरै उतार चढाबहरू पार गर्दै आएका केसीले स - गौरब आफूलाई गैह् आबासीय नेपाली संघको आइ सि सी सदस्य ( I C C ) पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । केसीले यो उम्मेदवारी घोषणासंगै आगामी दिनमा नेपाली समाज र समुदायप्रति दत्तचित्त भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै सबैको साथ , सद्भाब, माया र हौशलाको अपेक्षा समेत राखेका छन ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update