NRN
अस्ट्रेलिया आउंनु हुंदै बिजय लामा,‘युनाईटेड पे रेमिट' को शुभारम्भ गर्ने

- राजन घिमिरे ( सिड्नी )

चर्चित कलाकार एबं क्याप्टेन बिजय लामा अस्ट्रेलिया आउंनु हुने भएको छ ।

उहाँ राष्ट्र बैंकको अनुमति पाएपछी अष्ट्रेलाबाट आधिकारीक र कानुनी रूपमा सेवा शुरू गर्न लागेको युनाईटेड पे रेमिट' को शुभारम्भ गर्न अष्ट्रेलिया आउंन लाग्नु भएको हो ।

अब युनाईटेड पे रेमिट' नेपाल राष्ट्र बैंकसँग स्विकृति लिएर नेपालमा सुरक्षित र कानुनी तबरले पैसा पठाउने अभियान प्रारम्भ गर्ने भएको छ ।  नेपाल राष्ट्र बैंकको सम्बन्धन लिएर बजारमा आएको युनाईटेड पे रेमिटले आउँदो आइतबारदेखि आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालन गर्न लागेको हो ।

युनाईटेड पे रेमिटको आधिकारिक सुरुआतका लागि शनिबार कलाकार एबं क्याप्टेन विजय लामा सिड्नी आइपुग्नु हुने जानाकरी युनाईटेड पे रेमिट अस्ट्रेलियाका प्रमुख शुसील पोखरेलले गराएका छन ।

आफू अष्ट्रेलिया आउंने र युनाईटेड पे रेमिटको कार्यक्रममा सहभागि हुने पक्का भएको जानकारी स्वयं बिजय लामाले पनि पुष्टि गर्नु भएको छ-‘ प्रबासमा दु:ख गरेर कमाएको धन कानुनी रूपमा नेपाल पठाउंदा आफू पनि सुरक्षित भइंने र देशलाई पनि सहयोग हुने , यस्तो शुभ कार्यमा सहभागिता हुन पाउंदा खुशी लागेको छ -‘ लामाले भन्नु भएको छ ।

यो संस्थाले यसअघि नेपाल र यूएईबाट सेवा दिँदै आइरहेको छ । युनाईटेड पे रेमिटमा शुशिल पोखरेल, देभेस भट्टराई र अमत शाहको संयुक्त सन्चालनामा अगाडि बढेको संस्था हो ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update