NRN
रिज्नूको उम्मेदवारी किन चर्चामा…?

- राजन घिमिरे

अष्ट्रेलियाको नेपाली समाजमा परिचित र स्थापित नाम हो रिज्नू अधिकारी । नेपाली समाजलाई गाह्रो र साह्रो पर्दा अगाडि सर्ने रिज्जुले हरेक तह, तप्का र क्षेत्रसंग आबद्द ब्यक्ति - ब्यक्तित्वहरू माँझ बिशिष्ट पहिचान बनाएकी छन । यिनै रिज्नूलाई अष्ट्रेलियाको नेपाली समाजले संस्थागत रूपमा पहिचान बनाएर अगाडि बढ्नु पर्ने कुरा तर्फ जोड दिइरहेको समयमा रिज्जु एनआरएनए अष्ट्रेलिया अन्तर्गत राष्ट्रिय महिला संयोजक (National Women Coordinator, Narinikunja) पदका लागि उम्मेदवार घोषणा गरेकी छन ।

उनले गैरआवासीय नेपाली समुदायभित्र विशेष गरी महिलाहरूको हक, सम्मान र सशक्तिकरणको पक्षमा लामो समयदेखी आबाज उठाउंदै आएकी छिन -‘ सबैको साथ र हात मिल्ने कुरामा बिश्वस्त भएपछि र उहांहरुको ढाडस मिलेपछि मैले उम्मेदवारी दिने निर्णय गरेकी हुं् -‘ उनले भनिन् । नेपाली समाजसंग आबद्द संघ- सस्थासंग उनको आबद्दता र सहकार्य लामो समयदेखी रहंदै आएको छ ।

उनले सन २०२१ देखि २०२३ सम्म साउथ अस्ट्रेलिया राज्य नारीनिकुञ्जमा महिला सदस्य र सन २०२३ देखि हालसम्म साउथ अस्ट्रेलिया नारीनिकुञ्जमा महिला संयोजकको रूपमा काम गरिसकेकी छिन । रिज्नूले अष्ट्रेलियामा नेपाली चलचित्रको बजार बिस्तारदेखी नेपालबाट कलाकारहरू बोलाएर बिभिन्न कार्यक्रमहरूको आयोजना र ब्यबस्थापन गरेर आफूलाई सक्रिय , उर्जाशिल अनि नेपाली समाजका लागि मरिमेट्ने समाजिक अभियन्ताको रूपमा स्थापित गराएकी छिन -‘ म जन्मभूमिदेखी कर्मभूमिसम्म महिलाहरूको हक र हितका लागि समर्पण भएर लागि पर्ने छु -‘ उनले प्रतिबद्धता जनाएकी छिन ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update