NRN
सनीता लामालाई प्रश्न - तपाईको उम्मेदवारी किन…? उनि भन्छिन : महिलाहरूको नेतृत्व , आत्मबल र परिबर्तका लागि

- राजन घिमिरे

सनिता लामा - एउटा जोश , उमंग र उद्देश्य सहित चुनाबमा होमिएकी छन । उनको उद्देश्य छ -‘ म जे भन्छु र जे बोल्छु - त्यो म गरेर नै देखाउंछु -‘ उनको अठोट र प्रतिबद्धता छ । गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया – न्यू साउथ वेल्स (NSW) को राज्य महिला संयोजक पदका लागि सनीता लामाले उम्मेदवारी घोषणा गरेपछि यतिबेला तरंग छाएको छ ।

सन् २०२५–२७ कार्यकालका लागि हुने यस चुनावमा उनी Team EKATA की तर्फबाट मैदानमा जोश र जांगरका साथ होमिएकी छन । उनी भन्छिन -‘ यो उम्मेदवारी मेरो मात्र होइन । यहाँ पिल्सिएर र आफ्ना मनका कुरा मनभित्रै राखेर बस्न बाध्य नेपाली महिलाहरूले न्याय पाउंनु पर्छ अनि स्वाभिमानका साथ अगाडि बढ्नु पर्छ भन्ने सांकेतिक यात्राको लागि पनि हो -‘ उनि थप्छिन -‘ सबैको साथ र हात मिलेपछि नै मैले यो उम्मेदवारी घोषणा गरेकी हुं -‘ । जिबनमा थुप्रै उतार चढाब भोगेकी छिन सनीता लामाले ।

उनी आफै पनि घरेलु हिंसाबाट बाँच्न सफल एक महिला हुन । संघर्ष , पिडा, त्याग र जीबनको भोगाई के हो ? उनले नजिकबाट भोगेकी छिन । त्यस कारण पनि यो पदमा उनको जित र सफलता यतिबेला अनिवार्य जस्तो भएको छ । त्यसो त, संघर्ष र कर्मले मानिसलाई परिपक्क र बलियो बनाउंछ अनि मैदानमा लड़ने दिमागलाई तेजिलो बनाउंछ भन्ने कुरा सनिताको जिबनमा मेल खाएको छ । भनिन्छ नि - खुकुरीको चोट अचानोलाई थाहा हुन्छ । हो,यस्तै चोट, ब्यथा र भाबनाको प्रतिनिधित्व गर्दै सनिता चुनाबी मैदानमा होमिएकी छन ।

सनिता Mrs. Oceania 2018 – की Mrs. Congeniality उपाधि विजेता हुन भने उनि NRNA SCC सदस्य (2021–23) र Deputy Culture Coordinator, Nepal Festival 2022 (NSW) को हुनुका साथै Event Coordinator, NINFA (Nepalese Indigenous Nationalities Forum Australia) र Cultural Secretary, Tamang Society of NSW हुन ।

यसै गरी उनले तीन बर्ष भन्दा बढी Volunteer Dance Teacher, Sabdamala Nepali Language School, Granville का लागि ठूलो योगदान दिंदै अष्ट्रेलियाको नेपाली समाजमा आफ्नो दह्रो उपस्थिति जनाएकी छिन । हरेक क्षेत्र, तह र तप्काका ब्यक्ति - ब्यक्तित्वहरू माँझ राम्रो र सकारात्मक छाप छोड्न सफल सनिताको जितले सांच्चै नेपाली महिलाहरूमा उत्साह र उमंगको बहार ल्याउंने देखिन्छ । टिम एकताबाट चुनाबी मैदानमा होमिएकी सनिता भन्छिन -‘ सशक्त महिला, सशक्त समाज अनि सबै मिलेर सबैको साथ , सहयोग र नेपाली समाजको आबाज बुलन्द पार्नु नै हाम्रो उद्देश्य हो -‘

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update