NRN
आशा श्रेष्ठलाई प्रश्न- तपाईको उम्मेदवारी किन…?

- राजन घिमिरे

अन्तत: आशा श्रेष्ठले NRNA NSW महिला संयोजक पदमा उम्मेदवारी दिने सार्वजनिक गरेकी छन ।

उनले भनेकी छन -‘ समावेशी नेतृत्व, पारदर्शिता र महिला सशक्तिकरणको प्रतिबद्धतासहित म चुनाबी मैदानमा उत्रिएकी छु । मलाई बिश्वास छ कि मलाई सबैको साथ र हात मिल्ने छ -‘ ।

अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरू माझ आशा श्रेष्ठ परिचित र स्थापित नाम हो । अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूले उनलाई समाजसेबी, सहयोगी र अनुभवीका साथै समाजप्रति मनकारी स्वयंसेवकको रूपमा चिन्दै आएका छन ।

उनले अष्ट्रेलियाको नेपाली समाज माँझ सहयोगी, मिलनसार, आत्मविश्वासी र सामूहिक कार्य गरेर समाज रूपान्तरणको क्षेत्रमा निरन्तर खटिदै आइरहेकी जुझारू र आत्मविश्वासी महिलाको छबि बनाएकी छन ।

समावेशी नेतृत्व र स्पष्ट जिम्मेवारी बाँडफाँड – सबै वर्ग र समुदायलाई प्रतिनिधित्व गर्ने नेतृत्व संरचनालाई आफ्नो ऐजेण्डा बनाएकी आशा अगाडि भन्छिन -‘पारदर्शी आर्थिक शासन – संस्थाको वित्तीय कारोबारमा पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता अनि महिलाको आवाजलाई बुलन्द बनाउंने लगायतका उद्देश्य लिएर म चुनाबी मैदानमा होमिएको छु -‘ ।

आशाको यो उम्मेदवारीले अष्ट्रेलियामा नयां तरंग पैदा भएको छ भने उनको बारेमा मतदाताहरू माँझ आशाले जगाएको आशा र उनले ब्यक्त गरेको प्रतिबद्दताले सकारात्मक प्रभाब पारेको देखिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update