
- राजन घिमिरे
यतिबेला चर्चामा छन राज गुरुंग । अष्ट्रेलियाको नेपाली समाजमा उनको उपस्थिति र समाज प्रति उनले निभाएको भूमिका सांच्चै स्वागत योग्य मानिन्छ । यस कारणले पनि सबैको साथ र समर्थनका कारण यस पटक उनसे अष्ट्रेलियाको न्यु साउथ वेल्सका लागि उम्मेदवारी दिने निर्णय गरेका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाबी सरगर्मी बढदैजाँदा आगामी कार्यकाल (२०२५–२७) का लागि हुने निर्वाचनमा न्यू साउथ वेल्स राज्य संयोजक पदमा राज गुरूङले उम्मेदवारी दिने निर्णय गरेका हुन ।
नेपालीहरुको बाहुल्यता रहेको सिड्नी क्षेत्रवाट गुरूङको नेतृत्वमा तयार भएको टिम अन्य प्रतिस्पर्धीमध्ये अनुभवी ,समावेशी र संस्थागत समर्थनको हिसाबले बलियो रहेको दाबी गरिएको छ। व्यवसायी, समाजसेवी, महिला, युवा तथा विभिन्न जात–वर्गको प्रतिनिधित्व रहेको यस टिमलाई ‘साझा दृष्टिकोण र सामुदायिक चासो’ मा आधारित समावेशी समूहको रूपमा प्रस्तुत गरिएको छ। जनसम्पर्क समिती अष्ट्रेलिया, एनएडीएफलगायत संस्थाहरूको सहयोग गुरुडलाई रहेको पाईएको छ ।
राज गुरूङ हाल एनआरएनए अष्ट्रेलिया, एनएसडब्लु राज्य परिषद मा सह–सचिवका रूपमा कार्यरत छन्। सन २०१६ मा अष्ट्रेलिया आएका उनी सामाजिक र संस्थागत क्षेत्रमा निरन्तर सक्रिय छन्। चितवनको माडी नगरपालिका निवासी गुरूङ विद्यार्थी जीवनदेखि नै सामाजिक, राजनीतिक र नेतृत्व क्षमतामा सक्रिय रहंदै आएका ब्यक्तित्व हुन । गुरूङ भन्छन -‘ जुलाई २६ को निर्वाचनलाई व्यक्तिगत आकांक्षा होइन, समुदायप्रतिको जिम्मेवारीको रूपमा लिएको छु। सबैलाई समेट्ने समावेशी नेतृत्वमार्फत अगाडि बढेको म र मेरो टीमलाई सबैले माया गरिदिनु हुने विश्वास लिएको छु -‘ जनसम्पर्क समितिका उपाध्यक्ष राजेश केसीले अष्ट्रेलियामा रहेका डेमोक्रेटहरू अहिले एकताबद्ध भएर अगाडी बढेको बताए । “ राज्यदेखि केन्द्रसम्म भारी समर्थन हाम्रो पक्षमा छ।”