NRN
एनआरएनए अष्ट्रेलियाको सदस्य पदमा  अमर पौडेलले  उम्मेदवारी दिने

- राजन घिमिरे 

अष्ट्रेलियामा सहयोगी र मनकारी यूबाको रूपमा चिनिन्छन अमर पौडेल । अष्ट्रेलियामा रहनु हुने प्रबासी नेपालीहरूको साथ , समर्थन र हौशला पाएपछि अब अमरले गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको 2025–27 कार्यकालका लागि अमर पौडेलले NSW राज्य समन्वय परिषद् (SCC) अन्तर्गत राष्ट्रिय समन्वय परिषद् (NCC) सदस्य पदमा उम्मेदवारी दिने निप्णय गरेका छन् ।

उनको यो निर्णयले अष्ट्रेलियाको नेपाली समाजमा सकारात्मक सन्देश प्रबाह गरेको छ । पौडेल भन्छन -‘ हिजोका अनुभव र आजको सक्रियता जोडेर, हामी सबैको सहभागितामा बलियो नेपाली डायस्पोरा निर्माण गर्नु अहिलेको आवश्यकता हो।” सन् २०१६ मा विद्यार्थी भिसामा अष्ट्रेलिया प्रबेश गरेका अमरले नेपाल इन्जिनियरिङ कलेज (IOE) बाट स्नातक र CQU, अष्ट्रेलियाबाट सूचना प्रविधि (IT) मा स्नातकोत्तर सकाएका हुन भने उनी हाल व्यवसायि इन्जिनियर र उद्यमी हुन्।

शिक्षा, आप्रवासन, ट्राभल र होस्पिटालिटी क्षेत्रका विभिन्न व्यवसायहरू उनी अष्ट्रेलियाका विभिन्न राज्यहरू र विदेशसम्म सञ्चालन गरिरहेका छन्। विद्यार्थी जीवनदेखि नै अरूलाई बसोबास, खानपान र आर्थिक सहयोगमा सहजीकरण गर्दै आएको अनुभव पनि उनको परिचय हो । सहयोगी, मिलनसार , भद्र र सहयोगी मन नै अमरलाई अमर गराउंने सुत्रहरू हुन । अष्ट्रेलियामा सबै बर्ग, तह र तप्काका ब्यक्ति - ब्यक्तित्वहरू माँझ राम्रो पहिचान बनाएका अमर पौडेल आगामी दिनमा पनि सामुदायिक हितका लागि निरन्तर क्रियाशील रहने अठोट व्यक्त गरेका गर्छन ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update