
- राजन घिमिरे
अन्त्तत: सन्तोष कुवंरले गैह् आबासीय नेपाली संघ अष्ट्रेलियाको (२०२५ - २०२७ ) कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । कुवंरको यो घोषणासंगै एनआरएनए अष्ट्रेलियाको भाबी अध्यक्षका रूपमा उनको चर्चा चुलिएको छ । संस्थामा रहंदा होस या नरहंदा नै किन नहोस , उनले अष्ट्रेलियाको प्रबासी जिबनमा नेपाली समाजको हक र हितको पक्षमा जसरी खुलेर आफूलाई सामाजिक कृयाकलापमा समर्पण गरे , त्यसको सधै प्रशंसा हुने गरेको छ। अष्ट्रेलियाको ब्रिसबेनलाई कर्मथलो बनाएर अगाडि बढेका सन्तोष कुवंर यतिबेला पुरा अष्ट्रेलिया सामाजिक अभियन्ताको रूपमा स्थापित छन ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणासंगै उनले भनेका छन -‘ सर्वप्रथम,अष्ट्रेलिया बासी सम्पूर्ण नेपाली समुदायमा मेरो हार्दिक नमन। आज यस सामाजिक सन्जाल मार्फत आउदो जुलाई २६ मा हुन गइरहेको एन.आर. एन. ए. अष्ट्रेलियाको निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्न चाहन्छु -‘ । एक अन्तराष्ट्रिय विद्यार्थीको हैसियतमा अष्ट्रेलिया प्रबेश गरेका कुवंरले अध्यनसंगै क्रमश सामाजिक कार्यक्रममा सहभागी हुने क्रममा करिब एक दशक अगाडि पहिलो पटक एन.आर. एन. ए. अष्ट्रेलियाको राज्य समन्वय परीषदको सचिबको भूमिकाबाट एन.आर. एन. ए. अष्ट्रेलियाको विधिवत यात्रा शुरू गरेका थिए । त्यस पश्चात राज्य संयोजक (2017 -2019), आईसीसी सदस्य (19-21), ओसेनिया क्षेत्रीय उप संयोजक (2021 - 23 ) भएका उनी हाल भने एनआरएनए अष्ट्रेलियाको महासचिब पदमा रहेका छन ।
करिब १० वर्षको एन.आर. एन. ए. यात्राका क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा संस्थाको दिगो बिकास र एन.आर. एन. ए. अष्ट्रेलियालाई संस्थागत, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, श्रोतको पहुच लगायत बिभिन्न तहका सरकारी समन्वयकारी भुमिकामा आफूलाई अब्बल बनाउंदै सबैको साथ र हात लिदै अगाडि बढेका उनको यो उम्मेदवारीले अष्ट्रेलियामा नयां चर्चा शुरू भएको छ -‘ नेपाली समाज र संस्थालाई चाहिने ब्यक्ति हुन कुवंर ।
यस्ता ब्यक्तित्वलाई साथ दिनु पर्छ -‘ सन्तोष कुबंरको बारेमा हाल अष्ट्रेलियामा यस्तै आबाजहरू सुनिन थालिएको छ । उनले आफू हाल महासचिब भैराख्दा पनि नेपाली समाज र संस्थाप्रति न्याय गरेको कुरा बताएका छन -‘ मेरो योगदान सम्भवत संस्थामा आबद्ध सबैमाझ लुकेको छैन। यसका साथै संस्थामा दिगो स्वयं सेवाको अवधारणाको लागि मेरो प्रयास जारी छ । अध्यक्षका रूपमा मेरा दुई बर्षका कार्य योजनाहरू बुनेको छु र थप जानकारीहरु क्रमश दिंदै जाने छु -‘ कुवंर भन्छन ।