NRN
सिड्नीको नर्थसोर  नेप्लिज कम्यूनिटीको अध्यक्षमा हिरा गिरी

- राजन घिमिरे

अष्ट्रेलियाको प्रबासी जिबनदेखी नेपालको दुर दराजसम्म सामाजिक अभियन्ताको रूपमा चर्चित छिन हिरा गिरी । सहयोगी, सामाजिक अभियन्ता र दिन दुखीलाई साथ दिंदै आएकी हिरालाई उनको यो यात्रामा उनका श्रीमान कुमार गिरीले पनि साथ दिंदै आएका छन । यिनै हिरा गिरी अष्ट्रेलिया सिड्नीको नर्थसोर नेप्लिज कम्यूनिटीको अध्यक्ष पदमा निर्वाचित भएकी छन । हालै सम्पन्न निर्बाचनले हिरा गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । परोपकारी एबं समाजसेबी गिरीको यो जितले नेपाली कम्यूनिटी झनै बलियो हुने बिश्वास लिइएको छ ।

निर्बाचनले उपाध्यक्षमा उमनाथ सापकोटा र उद्दब भट्टलाई निर्वाचित गरेको छ भने महासचिबमा प्रबिन ढुंगाना र कोषाध्यक्षमा सुमन पौडेल निर्वाचित भएका छन । सचिबमा भने राधिका खरेल जोशी र जनक पाण्डे निर्वाचित भएका छन । यसैगरी सदस्यहरूमा अनन्त के.सी., अञ्जन ढुंगाना, भरत अधिकारी, बिनिता सुवेदी, विष्णु विवेक सेडाई, विवश लामिछाने, भुवन बराकोटी, दुर्गा गैरे, नवराज पोखरेल, निशान्त बरटौला, प्रविन पन्त, प्रदीप कंडेल, प्रमोद श्रेष्ठ, प्रतिक्षा पाण्डे, राजु देवकोटा, समिर बस्नेत, सुनिता के.सी., उपेन्द्र थापा, र युवराज श्रेष्ठ चयन भएका छन ।

यसैगरी संस्थाले प्रेम सापकोटा, गणेश के.सी., रामप्रसाद घिमिरे, कुमार गिरी, ध्रुवा लोहानी, सुदिप कार्की, कपिल नेपाल, सिशिर नेपाल, बिकाश के.सी., निता के.सी., बिनोद घिमिरे, टिका रेग्मी, चन्द्र नेपाल, बिनोद मैनाली,सरोज पाण्डे, र श्री नापितलाई सल्लाहकारको रूपमा चयन गरेको छ । संस्थाले आगामी दिनहरूमा नेपाली समुदायबीच हातेमाले गर्दै बृहत्तर परोपकारी कार्य गर्दै सबै बर्ग , तह र तप्कासंग सहकार्य गर्दै संस्थालाई अगाडि बढाईने जानकारी अध्यक्ष हिरा गिरीले दिएकी छन ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update