NRN
विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउँदासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बैठक अघि बढाउन दिन गरेको आग्रह नसुनेपछि आधा घण्टाका लागि स्थगित गरिएको हो ।  

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् ।

विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

आज पनि ढिलो गरी सुरू भएको बैठकमा अवरोध कायमै राखेपछि आधा घण्टाका लागि स्थगित भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update