NRN
जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार

जिल्ला प्रहरी परिसर भद्रकालीको गेटबाटै एक जना थुनुवा फरार भएका छन् ।

बुधबार दिउँसो काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी परिसर लगिएका थुनुवा फरार भएका हुन् ।

सात दिनअघि पक्राउ परेका दोलखाका २४ वर्षीय निशान परियार परिसरको कार्यालय रहेको भद्रकालीको गेटबाट फरार भएका हुन् । उनको खोजी तीव्र पारिएको छ । 

उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको थियो । उनीमाथि जिल्ला अदालतले अनुसन्धान गर्न पाँच दिन अनुमति दिएको थियो । 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update