तिनकुने घटनामा पक्राउ परेका अनिल बस्नेतविरुद्ध २ दिन म्याद थप

तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ ।
आइतबार सुकेधाराबाट पक्राउ परेका बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौंले २ दिनको म्याद थप गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।
उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान गर्दै अन्य कसुर खुलेको अवस्थामा उक्त कसुर पनि आकर्षित हुने बताइएको छ ।
१५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२ ११:५०
प्रतिक्रिया दिनुहोस्