NRN
लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन

लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले प्रदर्शन गरेका हुन् ।

सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू चैतमा काठमाडौँ आएका थिए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा काठमाडौँमा आन्दोलन सुरु भएको थियो । 

गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update