NRN
नेपाललाई सहयोग गर्न अष्ट्रेलियाका नेपालीहरू समक्ष सहमहामन्त्री राठौरको आग्रह

- राजन घिमिरे ( सिड्नी )

जन सम्पर्क समिती अष्ट्रेलियाले ४९ औं राष्ट्रीय एकता तथा मेल मिलाप दिबसको अबसरमा अष्ट्रेलियाको सिड्नीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा सहभागि हुन नेवालबाट नेपाली कांग्रेसका सह महामन्त्री एबं सासंद किशोर सिंह राठौर अष्ट्रेलिया आएका थिए। जन सम्पर्क समिति अष्ट्रेलियाका उपाध्यक्ष एबं फ्लेभर्स अफ नेपालका सन्चालक राजेश केसीको स्वागत मन्तव्य बाट शुरू भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री किशोर किशोर सिँह राठौरले प्रबासबाट नेपाललाई सहयोग गर्न र साथ दिन आग्रह गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरुले रेमिट्यान्स मार्फत नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिएको स्मरण पनि गरे । नेपाली काँग्रेस जनसम्पर्क समिति अस्ट्रेलिया एवम् एनएसडब्लु जनसम्पर्क समितिले संयुक्त रुपमा आइतबार सिड्नीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले २०६२\६३ को जनआन्दोन र परिर्वतनपछि नेपालमा मननयोग्य विकास भएको दाबी गरेका छन ।

कार्यक्रममा अष्ट्रेलिया ( एनएसडब्लु )का बाणिज्यदुत संजिब शर्माले बाणिज्य दूताबासले केही अधिकार नपाएका कारण अष्ट्रेलियामा रहनु हुने नेपालीहरूले समस्या झेल्नु परेको कुरा तर्फ जोड दिए -‘ यस तर्फ सोच्न सम्बन्धित मन्त्रालयले साथ दिने कुरा तर्फ हामी बिश्वस्त छौं -‘ शर्माको भनाई थियो ।

जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जनसम्पर्क समिति सम्वन्य विभागका केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति अस्ट्रेलियाका निवर्तमान अध्यक्ष कृष्ण गिरी,एनएडिएका अध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्द गूरुङ, गणेश केसी, प्रेम सापकोटा, पत्रकार महासंघ अस्ट्रेलियाका निर्वमान अध्यक्ष हेमन्त काफ्ले र हिमानी कोष अस्ट्रेलियाका अध्यक्ष अञ्जना बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन समितीका महामन्त्री समित केसीले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update