एनपिएलमा विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा
                        
                        
                                                
                                                    
                                दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो ।
                            
                                            
                                                                    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा गएको छ । दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार दिनको पहिलो खेलमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पोखराका लागि रेमन रिफरले अन्तिम बलमा छक्का प्रहार गर्दे खेल सुपर ओभरमा पुर्याउन सफल भएका हुन् ।
यो जारी एनपीएलको पहिलो सुपरओभर हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १२:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

