महिलामन्त्री चौधरीद्वारा पदभार ग्रहण
मंगलबार, माघ ३, २०७९
जिल्ला अदालत तनहुँले पल साहलाई दियाे सफाई
मंगलबार, माघ ३, २०७९
जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।
परराष्ट्रमन्त्रीमा डा. विमला राई पौडेल,राइट मेन इन राइट प्लेस
मंगलबार, माघ ३, २०७९
जब परराष्ट्र मन्त्रीमा डा. विमला राई पौडेलको नाम आयो , तब बजारमा उहाँको बारेमा चासो बढ्न थाल्यो । को हो विमला, परराष्ट्र जस्तो मन्त्रालय कसरी थेग्छिन होला । यस्तो महत्वपूर्ण मन्त्रालय किन दिएको होला लगायतका क्रिया प्रतिक्रिया जनाउनेहरूले नवनियुक्त परराष्ट्र मन्त्रीको बिगततिर जानै चाहनेनन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (कसलाई के जिम्मेवारी सूचीसहित)
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई सपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो ।
सेयर बजारमा ३२.७२ अंकले वृद्धि, तीन अर्बभन्दा बढीको कारोबार
मंगलबार, माघ ३, २०७९
मंगलबार सेयर बजारमा वृद्धि भएको छ नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ । साथैै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
एमालेका मन्त्रीमा पौडेलबाहेक सबै नयाँ अनुहार
मंगलबार, माघ ३, २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो मन्त्री, खनाल शिक्षा र अर्याल श्रममन्त्री
मंगलबार, माघ ३, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ । रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ ।
रेखा शर्मा सञ्चारमन्त्री, माओवादीलाई चार मन्त्रालय
मंगलबार, माघ ३, २०७९
माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजनालाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।
राप्रपाबाट तीन मन्त्रीको टुंगो लाग्यो, लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री
मंगलबार, माघ ३, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । मंगलबार बिस्तार हुने मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् ।
यती एयरलाइन्स विमान दुर्घटना : नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौँ ल्याइँदै
मंगलबार, माघ ३, २०७९
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।
प्रवासी नेपालीहरूको मन जित्ने काम गर्छु : प्रधानमन्त्री
सोमबार, माघ २, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सधै प्रबासी नेपालीहरूको साथमा रहेको कुरा बताएका छन । प्रधानमन्त्रीले नेपाल र नेपालीका लागि प्रबासी नेपालीहरूले गरेको योगदान र दिएको साथलाई नेपालले भूल्न नहुने कुरा बताए ।


