बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा निर्वाचित
सोमबार, माघ २, २०७९
प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन : गृहमन्त्री
सोमबार, माघ २, २०७९
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने बताएका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए ...
वालुवाटारमा सत्ता साझेदारको बैठक सुरु, मन्त्रीहरुको सपथ भोली
सोमबार, माघ २, २०७९
मन्त्रिमण्डल विस्तार तथा भागबन्डा टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव...
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यास सिलिन्डर पड्किदा एक जनाको मृत्यु
सोमबार, माघ २, २०७९
कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ । बाणगंगाको कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट हुँदा एक जनाकाे मृत्यु भएकाे हो ।
प्रधानमन्त्री र ओली बिच बालकाेटमा भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै हुने
सोमबार, माघ २, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ ।
चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण
सोमबार, माघ २, २०७९
चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।
पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान
सोमबार, माघ २, २०७९
आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान खुलेको छ ।
पोखरा विमान दुर्घटना : आज आफन्तलाई शव जिम्मा लगाइँदै
सोमबार, माघ २, २०७९
पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
यती एयरलाइन्सको सोमबार देशभरको उडान रद्द
आइतबार, माघ १, २०७९
दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न
आइतबार, माघ १, २०७९
नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।
बिमान दुर्घटनाका ६४ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा
आइतबार, माघ १, २०७९
आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ ।
पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी
आइतबार, माघ १, २०७९
यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ। कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित
आइतबार, माघ १, २०७९
आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।


