NRN
सभामुखमा देवराज घिमिरे निर्वाचित
सभामुखमा देवराज घिमिरे निर्वाचित सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । 
गाेंगबुबाट  सात सय ३१ थान पासपाेर्ट जफत, तीन जना पक्राउ
गाेंगबुबाट  सात सय ३१ थान पासपाेर्ट जफत, तीन जना पक्राउ काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ...
सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा
सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । 
पर्यटन राज्यमन्त्री  श्रीपालीले लिइन् सपथ
पर्यटन राज्यमन्त्री श्रीपालीले लिइन् सपथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आज सपथ लिएकी छिन् । सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीपालीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने
कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ । प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने
कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठक पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवारी दर्ता
प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेकाे उम्मेदवारी दर्ता एमालेका देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवरी दर्ता गराएका छन् ।उनकाे प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमाले निर्णय
देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमाले निर्णय एमालेले सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार एमालेको बैठकले झापा २ बाट विजयी घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने
मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने नारायणगढ–मुग्लिन सडक विस्तार नसकिएकाले थप एक महिना दिउँसोको समयमा सवारीसाधन रोकेर निर्माण गरिने भएको छ । यस खण्डमा हाल पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । 
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी
महिला, बालबालिका र जेष्ठ नागरिकका सवालमा देखिने गरी काम गर्छु : भगबती चौधरी महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको...
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता
बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने नवनियुक्त श्रममन्त्री अर्यालको प्रतिबद्धता नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले रोजगारीका लागि बाध्यताले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्र्लियाको सिड्नीमा दिप प्रज्वलन 
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा अष्ट्र्लियाको सिड्नीमा दिप प्रज्वलन  पोखरा समाज अस्ट्रेलियाले यती एयरलाइन्सको नाइन एन-एएनसी-एटिआर-७२-५०० विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ ।
Weather Update