एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
शनिबार, माघ ७, २०७९
तीन दिनभित्र योजनाहरु बनाउन महिला तथा बालबालिका मन्त्री चौधरीको निर्देशन
शनिबार, माघ ७, २०७९
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय अन्तरगतका विभिन्न शाखा, उपशाखाका कर्मचारीहरुलाई १ महिना भित्र र चालू आर्थिक वर्षको अन्त्यसम्म गर्न सक्ने कार्ययोजनाहरु बनाउन निर्देशन दिएकी छिन् ।
किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ
शुक्रबार, माघ ६, २०७९
खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
टाउकोभरी वर्षौदेखि घाउँ नै घाउँ, उपचारमा सहयोग गरिदिन शम्भुको अपिल
शुक्रबार, माघ ६, २०७९
ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्न समेत समस्या हुन थालेको उनी बताउँछन् । उनलाई सामाजिक सञ्जालमार्फत आर्थिक समस्या परेको थाहा पाएपछि मनकारीहरुले देश विदेशबाट सहयोग गरेका छन् । उनको खातामा ६०/७० हजार देश विदेशबाट सहयोग जम्मा भएपछि अहिले भने उपाचारका लागि काठमाडौं आईपुगेको बताउँछन् ।
प्रधानमन्त्री प्रचण्डले नियुक्त गरे सचिवालयमा कर्मचारी
शुक्रबार, माघ ६, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् ।
जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि, १ वर्षमा २१ हजारले गरे आत्महत्या
शुक्रबार, माघ ६, २०७९
जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।
सभामुख देवराज घिमिरेले लिए शपथ
शुक्रबार, माघ ६, २०७९
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने
शुक्रबार, माघ ६, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग
शुक्रबार, माघ ६, २०७९
नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने प्रधानमन्त्रीको घोषणा
शुक्रबार, माघ ६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने
बिहीबार, माघ ५, २०७९
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।
सभामुखको निर्वाचनमा अनुपस्थित सांसदहरू यी हुन्
बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभाले बिहीबार सभामुख चयन गरेको छ । प्रतिनिधिसभाको बैठकमा मतविभाजनको आधारमा सभामुख चयन गरेको हो । उक्त प्रक्रियामा पाँचजना सांसद अनुपस्थित रहेका छन् । संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन् ।


