२२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
सोमबार, चैत १३, २०७९
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
सोमबार, चैत १३, २०७९
गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
एकैदिन १६ जनामा कोरोना संक्रमण
सोमबार, चैत १३, २०७९
नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
आज पनि चट्याङसहित वर्षाको सम्भावना
आइतबार, चैत १२, २०७९
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाजुरामा विद्यालयको पर्खाल भत्किँदा एक बालकको मृत्यु
आइतबार, चैत १२, २०७९
बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।
चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली
आइतबार, चैत १२, २०७९
चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १५ औं साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो ।
सरकारी खर्चमा जापानबाट नेपालीको पार्थिव शरिर नेपाल आइपुग्याे
आइतबार, चैत १२, २०७९
अन्तत: गैह् आबासीय नेपाली संघ जापानले लामो समयदेखी उठाउदै आएको मुद्दाको अहिले आएर सुनुवाई भएको छ ।संघका महासचिब सिद्धार्थ श्रेष्ठका अनुसार जापानमा असामयिक निधन भएका श्रमिक नेपालीहरूको पार्थिव शरिर नेपाल लैजान नेपाल सरकार र जापानमा रहेको नेपाली दूताबासले पहल गर्नु पर्ने आबाज संघले उठाउदै आएको थियो -‘ बल्ल यो बिषयमा...
नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त
शनिबार, चैत ११, २०७९
नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ ।
नेकपा ब्युँताउने माधव नेपालको प्रस्ताव
शनिबार, चैत ११, २०७९
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन् ।
एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म नचल्ने
शनिबार, चैत ११, २०७९
एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।
एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकास
शनिबार, चैत ११, २०७९
नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च प्रहरी अधिकारीले एकै पटक अवकाश पाएका छन् ।
निर्देशनमा अभिनेत्री बेनिशा हमाल
शुक्रबार, चैत १०, २०७९
चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्ने भएकी छिन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन्।
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
बिहीबार, चैत ९, २०७९
चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु-याउनु पर्ने बताएका छन् । निफको समापन समारोहमा उनले भने “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।”


