NRN
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा चारै जना भारतीय नागरिक भएको बताइएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास
१६ वर्षीया किशोरीले गरिन् आत्मदाह प्रयास एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन्  । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।
महासंघमा चुनाबी सरगर्मी : दिनेश कुमार चुकेले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
महासंघमा चुनाबी सरगर्मी : दिनेश कुमार चुकेले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी यतिबेला नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । सबै आ- आफ्नो उम्मेदवारी प्रस्तुत गर्न जोडतोडका साथ लागिपरेका छन । यसैबिच लामो समयदेखी पर्यटन व्यवसायमा आबद्द रहेदै आएका ब्यबसायी एबं सामाजिक अभियन्ता दिनेश कुमार चुकेले पनि महासंघको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने भएका छन् । उनले महासंघको  वस्तुगत तर्फको...
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता
सरकारी टोली र मिटर ब्याज पीडित बिच आज पनि बार्ता मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।
दुखद खबर : सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन 
दुखद खबर : सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन  अष्ट्रेलियाको सिड्नीमा नेपाली बिद्यार्थीकाे निधन भएको छ । ६ महिना अघिमात्र अध्यनका लागि बिद्यार्थीकाे रूपमा सिड्नी पुगेकी जेलुसा तेयून लिम्बु सोमबार बिहान सिड्नीको अर्बनमा रहेको आफ्नै कोठामा मृत अबस्थामा फेला परेकी थिईन । अर्बन नेपालीहरूको बाक्लो बस्ती रहेको स्थानको रूपमा चिनिन्छ । 
भक्तपुरमा आजदेखि बिस्काः जात्रा
भक्तपुरमा आजदेखि बिस्काः जात्रा आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ ।
माेटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते
माेटरसाइकल दुर्घटनामा छोरीको मृत्यु, बुबा घाइते सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।
बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे'
बालेन शाहले भने, 'सिंहदरबारको फोहोर लहडमा नउठाएकाे हाेइन, बाध्य भइएकाे हाे' काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर लहडमा नभई नउठाएको नभई बाराम्बरको प्रयास असफल भए पछि सो निर्णय लिनु परेको बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्दै मेयर शाहले बाध्य भएर सो कदम उठाउनु परेकोसमेत जनाएका छन । 
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी 
त्यसैले महासंघमा रामेश्वर शाहको उम्मेदवारी  अरूलाई भनेर मात्र हुंदैन, आफैबाट काम शुरू गरेर रोजगारी उपलब्ध गराउंन सक्नु पर्छ भन्ने मान्यता बोकेका ब्याबसायी अब सामाजिक अभियन्ता हुन रामेश्वर शाह । लामो समय यूएईमा ब्यापार ब्याबसायमा आबद्द रहंदा शाहले नेपाल र नेपाली समाजको आर्थिक अबस्था सुधार्न प्रबासबाट गरेको काम र योगदानको आज पनि चर्चा हुने गरेको छ...
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट
साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित छन् । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् ।
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज
सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझकाे बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो ।
पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईं 
पहिलो पटक अष्ट्रेलियामा गुन्जँदै सुजन चापागाईं  नेपाली गीत - संगीतको माहौलमा बजार तताएको यो गीतमा आबाज भर्ने गायक हुन सुजन चापागाईं । यो लगायत थुप्रै गीत मार्फत आफ्नो बिशिष्ट परिचान बनाएका सुजन यतिबेलाका चर्चित र ब्यस्ततम गायकमा पर्दछन  । बिशेस गरेर यूबा पुस्ता मांझ उनले बनाएको क्रेज र छाप सांच्चै लोभ लाग्दो छ ।प्रेममय गीत -...
Weather Update