भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण
बिहीबार, वैशाख ७, २०८०
चीनमा अस्पतालमा आगलागीमा परी २१ जनाको मृत्यु
बुधबार, वैशाख ६, २०८०
बेइजिङको एक अस्पतालमा भएको भिषण आगलागीमा परेर २१ जनाको मृत्यु भएको छ । चांगफेंग अस्पतालमा भएको सो भिषण आगलागीको घेराबन्दीमा परेका १७ जनालाई भने जीवितै उद्धार गरिएको छ ।
सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु
बुधबार, वैशाख ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।
राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै
बुधबार, वैशाख ६, २०८०
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो...
यसरी झल्कियो युरोपको माल्टामा मिनि नेपाल
मंगलबार, वैशाख ५, २०८०
नेपाल माल्टा च्यारिटी अर्गनाइजरको आयोजनामा माल्टाको राजधानी भेल्टामा नेपाली नया बर्ष २०८० को शुभकामना आदन - प्रदान कार्यक्रमों आयोजना गर्यो । कार्क्रममा सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो । कर्यक्रम सन्योजक प्रकश भन्डारीको अध्यक्षता तथा बर्थडे ग्रेसको प्रमुख अध्यक्षतामा सम्पन्न भएको थियो ।
वालेन शाहबिरुद्ध परेको रिटको सुनवाई आज
मंगलबार, वैशाख ५, २०८०
काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।
बिद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ
मंगलबार, वैशाख ५, २०८०
अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन् । शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो ।
अब सिड्नी होइन, मेलबर्न अष्ट्रेलियाको ठूलो शहर
मंगलबार, वैशाख ५, २०८०
अब अष्ट्रेलियाको सिड्नी जनसंख्याको आधारमा ठूलो शहर रहेन । सिड्नीलाई पछि पार्दै अष्ट्रेलियाको अर्को शहर मेलबर्न अष्ट्रेलियाको ठूलो शहर भएको छ । सिड्नी १०० वर्षसम्म अष्ट्रेलियाकै ठूलो शहरको रूपमा स्थापित थियो ।
एनपी साउद परराष्ट्रमन्त्री, नन्दा चपाई यातायात राज्यमन्त्री नियुक्त
सोमबार, वैशाख ४, २०८०
नेपाल सरकार मन्त्रिपरिषद् आइतबार विस्तार गरिएको छ । नेपाली कांग्रेसका एनपी साउदले परराष्ट्र मन्त्री र नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको शपथ खुवाइएर मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
जीप दुर्घटनामा चालकको मृत्यु, सात घाइते
सोमबार, वैशाख ४, २०८०
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।
बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै
सोमबार, वैशाख ४, २०८०
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।
बिश्वास जित्दै , अघि बढ्दै जडिबुटी उत्पादन तथा प्रशोधन कं लिमिटेड( भिडियोसहित )
आइतबार, वैशाख ३, २०८०
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको पहुँच सर्बत्र पुर्याउंन यतिबेला महाप्रबन्धक संगीता यादब लाग्नु भएको छ । प्रशोधन कम्पनीबाट उत्पादित बस्तुहरूले पछिल्लो समय उपभोक्ताहरूको बिश्वास जित्ने क्रम बढ्न थालेको छ ।
कैलालीमा कोरोना संक्रमितको मृत्यु
आइतबार, वैशाख ३, २०८०
कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ ।

