जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
आइतबार, माघ ८, २०७९

अष्ट्रेलियाका प्रबासी नेपालीहरू आन्दोलित, भन्छन : यस्ता राजदूत चाहिंदैन, फिर्ता लैजाउ
आइतबार, माघ ८, २०७९
यतिबेला अष्ट्रेलियामा रहेका प्रबासी नेपालीहरू आन्दोलित छन । प्रबासमा अभिभावकको भूमिका खेल्नु पर्ने राजदूत र राजदूताबासले सौतेनी ब्यबहार गरेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल चाहिदैन भन्दै संगठित हुन थालेका छन् ।

आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै
आइतबार, माघ ८, २०७९
सोनाम ल्होछारको अवसरमा आज तामाङ समुदायले विशेष कार्यक्रम आयोजना गरेर मनाउँदै छ । तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउछ ।

श्रीमती हत्या गरेर भागेका श्रीमान् पक्राउ
आइतबार, माघ ८, २०७९
श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । २०७७ असोज २६ गते ५० वर्षीया आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार भएका प्रेम विक पक्राउ परेका हुन् ।

जिप दुर्घटनामा चार जनाको मृत्यु
आइतबार, माघ ८, २०७९
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
शनिबार, माघ ७, २०७९
नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।

तीन दिनभित्र योजनाहरु बनाउन महिला तथा बालबालिका मन्त्री चौधरीको निर्देशन
शनिबार, माघ ७, २०७९
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय अन्तरगतका विभिन्न शाखा, उपशाखाका कर्मचारीहरुलाई १ महिना भित्र र चालू आर्थिक वर्षको अन्त्यसम्म गर्न सक्ने कार्ययोजनाहरु बनाउन निर्देशन दिएकी छिन् ।

किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ
शुक्रबार, माघ ६, २०७९
खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

टाउकोभरी वर्षौदेखि घाउँ नै घाउँ, उपचारमा सहयोग गरिदिन शम्भुको अपिल
शुक्रबार, माघ ६, २०७९
ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्न समेत समस्या हुन थालेको उनी बताउँछन् । उनलाई सामाजिक सञ्जालमार्फत आर्थिक समस्या परेको थाहा पाएपछि मनकारीहरुले देश विदेशबाट सहयोग गरेका छन् । उनको खातामा ६०/७० हजार देश विदेशबाट सहयोग जम्मा भएपछि अहिले भने उपाचारका लागि काठमाडौं आईपुगेको बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले नियुक्त गरे सचिवालयमा कर्मचारी
शुक्रबार, माघ ६, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् ।

जापानमा सन् २०२२ मा आत्महत्याको दरमा वृद्धि, १ वर्षमा २१ हजारले गरे आत्महत्या
शुक्रबार, माघ ६, २०७९
जापानमा सन् २०२२ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा कूल २१ हजार ५८४ जनाले आत्महत्या गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५७७ ले बढी हो ।

सभामुख देवराज घिमिरेले लिए शपथ
शुक्रबार, माघ ६, २०७९
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने
शुक्रबार, माघ ६, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।