आगलागी भएको श्री एअरलाइन्सकाे बिमान सुरक्षित अवतरण, पाइलट र यात्रु सकुशल
बिहीबार, फागुन २५, २०७९

आज नारी दिवस
बुधबार, फागुन २४, २०७९
सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको...

काठमाडौँ उपत्यकामा हल्का वर्षा
बुधबार, फागुन २४, २०७९
आज बिहानदेखि काठमाडाै उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

ओखलढुंगामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला
सोमबार, फागुन २२, २०७९
ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव भेटिएको छ । मोलुङ गाउँपालिका-२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षीया बेदुकाको घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु
सोमबार, फागुन २२, २०७९
झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको हो ।

आज फागु पूर्णिमा
सोमबार, फागुन २२, २०७९
आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
आइतबार, फागुन २१, २०७९
सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ ।

ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते
आइतबार, फागुन २१, २०७९
ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
शनिबार, फागुन २०, २०७९
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो ।

यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)
शुक्रबार, फागुन १९, २०७९
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका...

मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या
शुक्रबार, फागुन १९, २०७९
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।