राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा
शुक्रबार, माघ १३, २०७९

मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउछु : मुख्यमन्त्री यादव
शुक्रबार, माघ १३, २०७९
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार रहित बनाउने बताएका छन् । विहिबार बाराको कलैयमा कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको नगर सभागृहको शिलान्यास गर्दै मख्यमन्त्री यादवले मधेश प्रदेशमा भ्रष्टाचारलाई जडै देखि उखालेर फाल्ने बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
बुधबार, माघ ११, २०७९
सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि आज मनोनयन दर्ता
बुधबार, माघ ११, २०७९
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा आज मनोनयन दर्ता हुने भएको छ । माघ २५ गतेका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान कार्यतालिका सार्वजनिक भएको थियो । सोही अनुसार आज मनोनयन दर्ता हुँदैछ ।

सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री
मंगलबार, माघ १०, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् ।

कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
सोमबार, माघ ९, २०७९
सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर
सोमबार, माघ ९, २०७९
नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

प्रदेश मन्त्रालय घटाउँदै छौँ, खर्चभार कटौती गर्छौँ : प्रधानमन्त्री
सोमबार, माघ ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नियुक्त गरे सचिवालयमा कर्मचारी
शुक्रबार, माघ ६, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन् ।

सभामुख देवराज घिमिरेले लिए शपथ
शुक्रबार, माघ ६, २०७९
नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने
शुक्रबार, माघ ६, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग
शुक्रबार, माघ ६, २०७९
नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।