अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धलाई लिएर रुसमाथि दबाब बढाउनका लागि कडा आर्थिक कदम अघि बढाउने निर्णय गरेका छन्। ट्रम्पले रसियासँग तेल र युरेनियम किन्ने देशहरूलाई लक्षित गर्दै अमेरिकाले ५ सय प्रतिशतसम्म आयात कर लगाउन सक्ने विधेयकलाई स्विकृति प्रदान गरेको बताइएको छ।
रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले दिएको जानकारी अनुसार ट्रम्पले ‘स्यान्क्सनिङ अफ रशिया एक्ट- २०२५’ लाई समर्थन गरेका छन्। यो विधेयक कानुन बनेमा रुससँग व्यापार गर्ने देशहरूका लागि ठूलो आर्थिक चुनौती बन्ने बताइएको छ।
सिनेटर ग्राहमले सामाजिक सञ्जालमार्फत ट्रम्पसँगको भेट सकारात्मक भएको भन्दै यो विधेयकले भारत, चीन र ब्राजिलजस्ता देशमाथि रुसलाई युद्धका लागि आर्थिक सहयोग नगर्न दबाब सिर्जना गर्ने उदेश्यले ल्याउन लागिएको हो। उनका अनुसार यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘युद्ध मेसिन’लाई कमजोर पार्ने उद्देश्य रहेको जनाइएको छ।
विशेषज्ञहरूका अनुसार यदि विधेयक पारित भयो भने अमेरिकामा बिक्री हुने भारतीय र चिनियाँ वस्तुको मूल्य आकासिन सक्छ, जसले द्विपक्षीय व्यापार सम्बन्धमा गम्भीर असर पार्ने छ। रुसबाट तेल वा युरेनियम किन्ने देशका सामानमा अमेरिकाले ५०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने व्यवस्था यो विद्येकमा छ। अमेरिकी कंग्रेसमा आगामी हप्तामै यो विधेयकमाथि मतदान हुने सम्भावना रहेको छ।
रुसको आम्दानी सुकाउने रणनीति: युक्रेन युद्धलाई निरन्तरता दिन रुसले पाउने आर्थिक स्रोत बन्द गर्ने मुख्य लक्ष्य राखेपनि यसले अमेरिका आफैलाइ पनि दबाब पर्न सक्ने अनुमान गरिएको छ।
केह दिन अघि ट्रम्पले भारतप्रति कडा र चेतावनी युक्त शब्दमा मोदीलाइ आफूसँग सम्बन्ध सुधार्न चेतावनी दिएका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाइ सम्बोधन गर्दै भने ‘मोदी राम्रो व्यक्ति हुन् तर रुसबाट तेल किन्ने विषयमा आफू असन्तुष्ट रहेको जानकारी उनलाइ छ।’ ट्रम्पले थपे ‘उनलाई मलाई खुसी राख्नु जरुरी थियो, आवश्यक परे भारतमाथि ट्यारिफ द्रुत गतिमा छिट्टै बढाउन सक्छौँ।’ ट्रम्पले भने।
अमेरिकासँगको सम्भावित व्यापार तनाव भारतीय कृषि क्षेत्रमा पनि असर देखिन थालेको छ। अमेरिकी किसानहरूको दबाबपछि ट्रम्पले भारतीय चामलमा नयाँ कर लगाउने चेतावनी दिएका छन्। अमेरिका भारतले आफ्नो बजार अमेरिकी कृषि उत्पादनका लागि खुला गरोस् भन्ने चाहन्छ, तर भारत भने आफ्नो दुग्ध तथा किसान क्षेत्रको संरक्षणमा अडिग देखिएको छ जसका कारण भारतीय चामल तथा दुग्ध जन्य पदार्थ अमेरिका प्रवेशमा कठिनाइ उत्पन्न भएको छ।


