सुरेश शिवाकोटीको ‘मरे खबर सुन्न पाउनेछौ’ [भिडियो सहित]
काठमाडौं । पछिल्लो समय गीत लेखनमा व्यस्त गीतकारर संगीत क्षेत्रमा सम्भावना भएका सुरेश शिवाकोटीको “मरे खबर सुन्न पाउनेछौ” बोलको नयाँ गीत हालै सार्वजनिक भएको छ ।
लोकलयमा आधारित यो गीत नरेश खाती र भिमकुमारी वाँठा मगरको स्वरमा सजिएको छ, भने गीतलाई नरेश खातीले संगीत भरेका छन् ।
रिमा विश्वकर्मा र गायक खातीको मुख्य अभिनय रहेको म्यूजिक भिडियोमा प्रेम कथालाई प्रतिविम्बका रुपमा प्रस्तुत गर्न खोजिएको छ ।
प्रकाश खड्काले खिचेको भिडियो नविन घर्तिमगरले इडिट गरेका छन्, भने जेरी भण्डारीले डाईरेक्शन गरेका हुन् ।
भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो:
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२ ०६:०८
प्रतिक्रिया दिनुहोस्


