भारतको प्रमुख विमान कम्पनीमध्ये एक इन्डिगो एयरलाइन्सको संकट झनै बढेको छ । इन्डिगोले भारतभर शुक्रबार ४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको छ । दिल्ली विमानस्थलमा इन्डिगोका सबै २३५ उडान रद्द भएका छन् ।
यसका कारण विभिन्न विमानस्थलमा ठूलो संख्यामा यात्रुहरू प्रभावित बनेका छन् । यसअघि पनि इन्डिगोका ५ सयभन्दा बढी उडान रद्द भएका थिए ।
इन्डिगोले पछिल्ला दुई दिनमा नेटवर्क धेरै प्रभावित भएको भन्दै यात्रुहरूसँग माफी मागेको छ । एयरलाइन्सले ८ डिसेम्बरदेखि उडानमा ढिलाइ नहुने र १० डिसेम्बरबाट सबै काम पहिलेकै गतिमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।
एयरलाइन्सले एफडीटीएल नर्म्सको दोस्रो फेज लागू गर्ने गलत निर्णय र योजनाको कमीका कारण ठूलो मात्रामा रुकावट पैदा भएको जनाएको छ ।
दिल्ली विमानस्थलमा इन्डिगो एयरलाइन्सले शुक्रबार मध्यरातिसम्मको सबै उडान रद्द गरेको छ । ग्राउन्ड टिम समस्या समाधान गर्न सबै सरोकारवालासँग छलफलमा जुटेको छ ।
भारतका विमानस्थलमा के छ अवस्था ?
मुम्बई विमानस्थलमा ५ डिसेम्बर, २०२५ मा उड्ने ५३ र अवतरण गर्ने ५१ गरी १०४ उडान रद्द भएका छन् ।
बैंगलोर विमानस्थलमा अवतरण गर्ने ५२ र उड्ने ५० उडान रद्द भएका छन् ।
हैदरावाद विमानस्थलमा अवतरण गर्ने ४३ र त्यहाँबाट उड्ने ४९ उडान रद्द ।
पुणे विमानस्थलमा अवतरण गर्ने १६ र उड्न् १६ गरी ३२ उडान रद्द ।
थिरुवन्तपुरम विमानस्थलमा ४ डिसेम्बरमा इन्डिगोका ५ अवतरण हुने र ५ प्रस्थान गर्ने विमानमा ढिलाइ भएको थियो । त्यस्तै, शुक्रबार पनि ३–३ उडानमा ढिलाइ भएको छ भने २ अवतरण र २ उडान रद्द भएका छन् ।
कोलकाता विमानस्थलमा ४६८ भन्दा बढी उडानमा असर परेको छ । ३२० उडान ढिलाइ भएको छ भने ९२ उडान रद्द गरिएकोछ ।
एजेन्सीको सहयोगमा


