NRN
यूएईले दिन थाल्यो नेपालीलाई भिसा

संयुक्त अरब इमिरेट्स यूएईले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान प्रहरीको चारित्रिक प्रमाणपत्र भने अनिवार्य चाहिने भएको छ । 

यससँगै रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले जानकारी दिए । 

त्यसो त यूएईले नेपालीलाई भिसा रोकेको कुरा हालसम्म औपचारिक रुपमा केही बताएको थिएन । भिसा खुलाएको कुरा पनि औपचारिक रुपमा नेपाललाई जानकारी गराइएको छैन । 

भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट भागेकाहरुको अवस्थाबारे यूएई विश्वस्त हुन चाहेको थियो ।

भिसा रोकिएपछि परराष्ट्र मन्त्रालयले यूएई सरकारसँग निरन्तर संवाद गरेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update