NRN
सीमा विवादपछि कम्बोडिया र थाइल्याण्ड युद्धविराममा सहमत

कम्बोडिया र थाइल्याण्ड सीमा विवादका कारण चर्किएको तनावलाई समाप्त पार्ने उद्देश्यले युद्धविराममा सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देश युद्धविराम गर्न राजी भएको जानकारी दिएका हुन् ।

यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए ।

प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युद्धविरामबारे कुरा गर्ने बताएका थिए ।

कम्बोडिया र थाइल्याण्डबीच सीमा विवादका कारण तनाव बढेको थियो । यही तनावका बीच कम्बोडियाले थाइल्याण्डमाथि हवाई हमला गरेको थियो । दुईपक्षीय लडाइँमा कम्तिमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले झडप नरोकिएसम्म दुवै देशसँग व्यापार सम्झौताबारे छलफल नगर्ने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update