NRN
रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा एउटा यात्रुवाहक विमान सम्पर्कविहीन

रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा एउटा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ ।

एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको रुसी सञ्चारमाध्यमहरुमा उल्लेख छ ।

रुसी सञ्चारमाध्यमका अनुसार, स्थानीय समयअनुसार बुधबार रातिदेखि जहाजको रुसी हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क टुटेको हो । उक्त जहाजमा करिब ५० यात्रु सवार रहेको बताइएको छ । रुसी आपतकालीन सेवा र हवाई खोजी टोलीले जहाजको खोजी कार्य तीव्र पारेको छ ।

प्रारम्भिक जानकारीअनुसार जहाज रुस–चीन सीमा नजिकैको क्षेत्रतर्फ उडान गरिरहेको थियो । जहाज साइबेरियाको एक क्षेत्रीय एयरलाइनसँग सम्बन्धित रहेको र खराब मौसमका कारण सम्पर्क टुटेको हुन सक्ने अनुमान गरिएको छ ।

साइबेरियाको दुर्गम जंगल र पहाडी क्षेत्रमा खोजी कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । मौसम विभागले उक्त क्षेत्रमा बाक्लो कुहिरो र वर्षा भएको जनाएको छ, जसले खोजी कार्यमा थप जटिलता थपिएको छ ।

स्थानीय प्रशासनले जहाजमा सवार यात्रुहरूको परिवारलाई सूचित गरिएको र उनीहरूको सहयोगका लागि हटलाइन स्थापना गरिएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update