
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो ।
आर्यन कम्पनीको हेलिकप्टर खराब मौसमका कारण रुद्रप्रयाग जिल्लाको केदारघाटीको गौरीकुण्ड र त्रिजुगीनारायणको बीचमा दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु सवार थिए । हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पनि भारतीय मिडियाहरुले जनाएको छ । तीमध्ये एक जना बालक रहेको पनि बताइएको छ ।
दुर्घटना बिहान ५:२० बजे भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
बिहीबार मात्रै भारतको अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत उडेको एयर इन्डियाको बोइङ जहाज दुर्घटना भएको थियो ।
दुर्घटनामा परी विमानमा सवार २४१ जनाको मृत्यु भएको थियो ।