भारतमा जहाज दुर्घटना

भारतमा जहाज दुर्घटना भएको छ । गुजरात प्रान्तको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एयर इन्डियाको जहाज दुर्घटना भएको हो ।
यो दुर्घटना बिहीबार दिउँसो १ देखि २ बजेबीचको समयमा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।हिन्दुस्तान टाइम्सका अनुसार जहाजमा २४२ यात्रु सवार थिए ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।
विमानस्थल आसपास धुवाँको मुस्लो उडिरहेको तस्बिरहरू भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२ १५:२५
प्रतिक्रिया दिनुहोस्